
काठमाडौ, १५ बैशाख । कोरोना भाइरसका कारण किरात राई समुदायले मनाउदै आएको साकेला उभौली यस वर्ष भने नमनाउने भएको छ । किरात राई यायोक्खा केन्द्रीय सचिवालयको सोमबार बसेको भिडियो कन्फ्रेरेन्स बैठकले सो निर्णय गरेको हो ।
वार्षिक रुपमा धुमधामका साथ मनाउदै आएको साकेला उभौली यस वर्ष बैशाख २५ गते देखि सुरु हुदैछ । तर नेपाल सरकारले बैशाख २५ गतेसम्म लकडाउन थप गरेको छ ।
लकडाउन खुले पनि भाइरसको संक्रमणका कारण जोखिम हुने भएकोले भेला भएर भव्यरुपमा नमनाउने निर्णय भएको किराया महासचिव जनक राईले बताए ।

चुला पुज्ने, कुलपितृ गर्ने कार्यक्रमहरु भने गर्न सकिने जनाएको छ । विगत वर्षहरुर्झै सार्वजनिक रुपमा नमनाउने निर्णय भएको हो । तर, साकेला थानहरुमा भने पुजा गर्न जिल्लाहरुलाई सर्कुलर गरिने बताएका छन ।

