adv

ताप्लेजुङको नासपातेमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङ ,१५ बैशाख । ताप्लेजुङ जिल्ला सिरिजङ्घा गाउँपालिका वडा नं २ को नासपातेमा भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अन्य एक गम्भीर घाइते भएका छन् ।

खाद्यान्नसहितका दैनिक उपभोग्य बस्तु लिन खाम्दिने बजारतर्फ जाँदै गरेको ०१–०–००१ त ८२४८ नम्बरको ट्याक्टर दुर्घटनामा परी चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ का २३ वर्षिय निर्मल लामिछानेको मृत्यु भएको हो ।

घटनामा परी सहचालक स्थानीय रुद्र पौडेल गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्रप्रसाद फुयाँलले तेल्लोकबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको र थप अनुसन्धान भईरहेको जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु