
काठमाडौ, १५ बैशाख । जिल्लाअदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
उनले धरौटी बुझाइसकेका छन् जिल्ला अदालतका एक कर्मचारीले भने कागजपत्र गर्दै हुनुहुन्छ। सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो।

थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए। उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका छन्।

