ताप्लेजुङ,१५ बैशाख । ताप्लेजुङका तेञ्जिङ उक्यावले कोरोना भाईरस संक्रमण,रोकथाम,नियन्त्रण तथा उपचार कोषमा सरकारलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला घर भइ अमेरिका बस्दै आएका उक्यावले विश्व कोरोनाले आक्रान्त भैरहेको अवस्थामा कोरोना नियन्त्रण र उपचारको लागि सहज होस् भन्ने उदेश्यले रकम हस्तान्तरण गरेको बताए ।

तेञ्जिङ आफैले प्रधानमन्त्री कार्यालयमा गएर चेक हस्तान्तरण गरेको नेपाल ट्रष्टकी सदस्य याङ्जोम शेर्पाले जानकारी दिइन् । महामारीविरुद्ध लड्न सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको पनि तेञ्जिङले बताए ।
तेञ्जिङले यसअघि पनि चीनको सीमाना तिपताला भञ्ज्याङबाट नेपालतर्फ सडक खन्न ५० लाख रुपैयाँ सहयोग गरेका थिए ।

