adv

रोङ गाउँपालिका धमाधम क्वारेन्टिन निर्माण गर्दै

रोङ इलाम । इलामको रोङ गाउँपालिकाले कोरोनाका कारण लकडाउनमा बस्नेको संख्या बृद्धि भएसँगै  क्वारेन्टिन  निर्माणमा तिव्रता दिइएको छ ।

शान्ति निकेतन माविमा निर्माण गरिएको क्वारेन्टिनमा खानेपानी, शौचालय, कोठा लगायतको व्यवस्थापनलाई तिव्र रुपमा अगाडी बढाइएको वडा नं ३ का अध्यक्ष मातृका बरालले जानकारी दिए । विद्यालयमा १२ वटा शौचालय भएपनि क्वारेन्टिनमा बस्नेको संख्या बढ्ने भएपछि थप १२ वटा अस्थायी शौचालय बनाइएको छ ।

हाल सो क्वारेन्टिनमा १७ जनालाई राखिएको छ । आगामी दिनमा थप ७० जना राख्न मिल्ने गरी व्यवस्थापन गरिएको बरालले जानकारी दिए ।क्वारेटिनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । युवा शसक्तिकरण समुह र द राइजिङ ग्रुप कुटिडाँडाले स्वयमसेवकको रुपमा काम गरिहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु