adv

कांग्रेसका नेता सिटौलाको छोराको लकडाउनका बीच बिबाह,बिहेको खर्च ५ लाख कोरोनाराहत कोषलाइ

बिर्तामोड– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले छोरा श्याम सिटौलाको बिहेमा खर्च हुने पैसा झापाका स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषका  झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।

सिटौलाले आफ्नो निर्वाचन क्षेत्रका चारवटा स्थानीय तहलाई एक लाख रुपैयाँका दरले र आफ्नै घर छेउका दुईवटा वडा कार्यालयहरुलाई पचास हजार रुपैयाँका दरले उपलब्ध गराइएका छन् ।

भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्दशी गाउँपालिकालाई एक-एक लाख, भद्रपुर- १० नम्बर वडा कार्यालय र बिर्तामोड १० नम्बर वडा कार्यालयलाई ५०-५० हजार रुपैयाँ सहयोग दिइएकाे श्याम सिटौलाले बताए  ।

नेता सिटौलाका छोरा श्याम र बुहारी मनिषाले भोज लगायत अतिरिक्त खर्चको रकम सोमबार बिहान स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

सिटौलाले लक डाउनका बीच सात जना जन्तीसहित आइतवार छोरा श्यामको बिहे गरेका थिए । विवाहमा बेहुलाका बुवासहित पाँचजना जन्ती भद्रपुरबाट विर्तामोड पुगेका थिए ।  जन्तीलाई प्रवेश गर्नु अघि गेटमै साबुन पानीले हात धुन लगाइएको थियो । उपस्थित सबैले सामाजिक दुरी कायम गरेका थिए भने बेहुलापट्टिका सबैले मास्क लगाएका थिए भने घरपट्टिकाले पनि सबैले मास्क लगाएका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु