adv

जसपा र राप्रपाले विपद कोषमा सहयोग

उर्लाबारी, १५ बैशाख । जनता समाजवादी पार्टी (जसपा) उर्लाबारी नगर समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारी नगरसमितिले उर्लाबारी नगरपालिकाको विपद कोष ब्यवस्थापन समितिमा सहयोग गरेका छन् ।

आज साेमबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई जसपाबाट नगद ५१ हजार १९ रुपैयाँ र राप्रपाको तर्फबाट २५ हजार १९ रुपैयाँ प्रदान गरिएको हो । जसपाका उर्लाबारी नगर संयोजक मात्रिका धिमाल र राप्रपाका नगर अध्यक्ष देवीप्रसाद दाहालले उक्त रकम मेयर फागोलाई हस्तान्तरण गर्नुभयो ।

उर्लाबारीका जनतालाई भोकै हुन नदिने नगरपालिकासँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउँदै तत्कालका लागि सो रकम सहयोग गरेको र थप राहत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको जसपाका प्रदेश नेता दिपक न्यौपानेले जानकारी दिनुभयो । मेयर फागोले विपन्न समूदायको घरघरमा राहत पु¥याउन लागि परेको उल्लेख गर्दै हुने खानेले राहतमा गिद्धे नजर लगाउनु दुखद भएको बताउनुभयो ।

जसपाका प्रदेश स्तरका नेता विशाल आङ्दम्बेले पनि जनतालाई भोकै रहन दिन सबै पक्ष लागि पर्नु पर्ने बताएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु