काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवेकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेडको अस्पताल संचालनमा ल्याएको हो ।

पछिल्लो समय प्रदेश नम्बर १ मा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि धरानमा पनि कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइएको हो । प्रदेश १ मा हाल ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु सबै अहिले विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार देशभर हालसम्म पीसीआर विधिबाट १० हजार ४ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४३ हजार ६३ जनाको परीक्षण भएको छ । गत २४ घण्टामा मात्रै २ हजार १ सय ८४ जनाको परीक्षण भएको छ ।

