काठमाडौं,१५ वैशाख । भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले तीन लाख जरिबाना गरेको छ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएको थियो।
‘१ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बिक्री गरिरहेको भन्ने उजुरी परेको थियो। अनुसन्धान गर्दा टंगालमा रहेको स्टोरले बढी मूल्य लिएको पाइयो,’विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने,‘बढी मूल्य लिइएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३ लाख जरिवाना गरेका छौं।’
विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको छ।लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जारी राखेको छ।
उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई तीव्रता दिइएको विभागले जानकारी दिएको छ।

