adv

फुटबलमा पाँच खेलाडी सब्स्टिच्युट गर्न फिफाको प्रस्ताब

काठमाडौं, १६ वैशाख ।  फिफाले पाँच जना खेलाडी सब्स्टिच्युट (प्रतिस्थापन) गर्ने नियम राख्न प्रस्ताव गरेको छ।

कोरोनाभाइरसका कारण संसारभर फुटबल लिग स्थगित भएको अवस्थामा सिजनका बाँकी खेल छोटो अवधिमा सक्नका लागि एक खेलमा पाँच खेलाडी सब्स्टिच्युट गर्न सकिने नियम ल्याउन लागिएको हो। अहिले खेलमा चार जना मात्र खेलाडी सब्स्टिच्युट गर्न पाइन्छ।

यद्यपी यो नियम अस्थायी हुनेछ। फिफाका प्रवक्ताले २०२१ को सिजनको अन्त्यसम्मका लागि यो निमय आयोजकहरूले प्रयोग गर्न सक्ने बताए।

छोटो अवधिमा खेलहरु आयोजना हुँदा खेलाडीको घाइते हुन सक्ने भएकाले पाँच जना सब्स्टिच्युटको प्रावधान राख्न लागिएको हो। यो निमयले खेलाडीको सुरक्षा हुने फिफाको दाबी छ।

यो प्रस्तावलाई अब फिफाको नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएन बोर्डले अनुमोदन गर्नु पर्नेछ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु