adv

तीन वर्षको प्रतिबन्धमा पाकिस्तानी क्रिकेटर उमर अकमल

काठमाडौं, पाकिस्तान क्रिकेट बोर्डले उमर अकमलमाथि तीन वर्षको प्रतिबन्ध लगाएको छ। पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी अकमललाई यो वर्षको पाकिस्तान सुपर लिगअघि भ्रष्ट काम गर्न खोजेको भन्दै सबै खाले क्रिकेटमा प्रतिबन्ध लगाइएको हो।

आफूलाई फिक्सिङको विषयमा आएको प्रस्तावको जानकारी समयमै नगराएकोमा अकमललाई दोषी ठहर्‍याइएको छ।

उनीमाथि कारबाही भएको यो पहिलो पटक होइन। यसअघि उनले २०१८ एक टेलिभिजन अन्तरवार्तामा २०१५ को विश्वकपमा आफूलाई स्पट फिक्सङ गर्न प्रस्ताव आएको बताएका थिए। यस्तै उनले भारतविरुद्धका केहि खेलअघि आफूलाई फिक्सिङको प्रस्ताव आएको दाबी गरेका थिए।

२९ वर्षीय अकमलले गत अक्टोबरमा श्रीलंकाविरुद्ध टी-२० खेल खेलपछि देशका लागि खेलेका छैनन्। यसअघि पाकिस्तान सुपर लिग २०२० सुरु हुनेअघि क्वेटा ग्लाडिएर्टसले उनलाई अनावश्यक बोलेको भन्दै निलम्बन गरेको थियो।

यद्यपी उनले आफूले प्रस्ताव आउनासाथ क्रिकेट बोर्डलाई जानकारी गराएको र अरु खेलाडीलाई पनि सचेत गराएको भन्दै आफू निर्दोष भएको बताउँदै आएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु