मेचीनगर,१६ बैशाख । मेची अभियानले राजधानी काठमाडौंमा अलपत्र परेका ३८ जना विद्यार्थीलाई गृहजिल्ला झापा ल्याएको छ।आउनेहरुमा दुइ जना हल्दिबारिका,एक जना बुद्दशान्तिका र बाकीं सबै मेचीनगर नगरपालिकाका रहेका छन्।

काठमाडौँको विभिन्न कलेजमा अध्ययनका लागि गएका उनीहरुलाई चारआलीमा आवस्यक रेकर्ड राखी ,स्वाथ्य परिक्षण पछी हातमा होम क्वारेन्टिनको छाप लगाएर घर पठाएको अभियानका कोषध्यक्ष शुसिल आचार्यले बताए ।
काँकरभिट्टाबाट सोमबार गाडी पठाएर उनीहरूलाई निःशूल्क घर आउने वातावरण बनाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए। गाडी निशुल्क रुपमा असेस ट्राभल्सका श्याम सुन्दर खेतानले उपलब्ध गराएका हुन् ।
उनीहरू होम क्वारेन्टाइनमा बस्ने जनाइएको छ । परिवारसँग भिन्न भएर लामो समय एक्लै बस्दा विद्यार्थीमा निरासा जाग्ने, तनाव हुने र मनोवैज्ञानिक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरेर उनीहरूलाई घरसम्म ल्याउने काम गरेको उनले जानकारी दिए।
आवस्यक रेकर्ड राख्दै
काठमाडौंमा भएका मेची अभियानका सदस्यसँगको समन्वयमा विद्यार्थीलाई झापा ल्याइएको हो । काठमाडौँबाट झापा आउन लाग्दा तीन पटक प्रहरीले गाडी रोकेको थियो । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेर राति ८.३० गाडी झापा पठाएका थिए ।
विभिन्न सामाजिक सेवामा अग्रसर मेची अभियानले कोरोना बिरुद्दको अभियानमा बिपन्न परिवारलाई राहत वितरण देखि लिएर मास्क, पिपिई, डिसइन्फेक्सन टनेल (सेनिटाइजर स्टल) निर्माण र वितरण जस्ता कार्यमा निरन्तर लागिरहेको छ ।

