adv

धरानमा गरियो १०४ कोरोना परीक्षण,सबै नेगेटिभ

विराटनगर, १६ वैशाख  । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको १ सय चार जनाको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश एक र दुईबाट संकलन गरी ल्याएको स्वाबको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । यो सँगै प्रदेशमा तीन दिनयताबाट कोरोना संक्रमणको नयाँ बिरामी भेटिएका छैनन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार प्रदेश एकको झापाबाट १, सुनसरीबाट सात, उदयपुरबाट २ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रतिष्ठानमा ल्याइएको थियो । त्यसैगरी प्रदेश २ का सप्तरीबाट ९४ स्वाबको नमुना परीक्षण गरिएको थियो ।

प्रतिष्ठानमा गएको आइतबार भोजपुरका संक्रमित युवकको सम्पर्कमा रहेका १५ जनासहित ६१ जनाको पनि स्वाब परीक्षण गरिएको थियो ।

गएको शुक्रबार झापासहित विभिन्न स्थानबाट स्वाब संकलन गरी ल्याइएको ४८ स्वाब परीक्षण गर्दा झापा राजगढका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश १ मा अहिलेसम्म कुल ३१ जना कोरोना संक्रमित भेटिएका छन् ।  जसमा भोजपुरका एक, झापाका दुई र अन्यमा उदयपुर र विराटनगरका रहेका छन् । उनीहरुको बिराटनगरस्थित कोशी कोबिड १९ अस्पतालमा उपचार भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु