adv

गृहजिल्ला आउनेको संख्या बढे पछी फाल्गुनन्द गाउपलिकालाई क्वारेन्टिनको भार

पांचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले निर्माण गरेको राँके स्थित रेडक्रस सोसाइटीको क्वारेन्टिन भवनमा मानिस भरिए पछि वडा नं ३ मा रहेको जलसिंह माद्यामिक विद्यालयको भवन अस्थायी क्वारेन्टाइनको रूपमा प्रयोग गर्न बाध्य भएको छ।

सरोकारवाला स्थानीय तहका नागरिक अलपत्र अवस्थाबाट उद्धार गरि काठमाडौबाट ल्याइए संगै यस गाउँपालिका बाहेक अन्य क्षेत्रका मानिस राख्नु परेकोले उचित व्यवस्था गर्न धौधौ परेको पालिकाका प्रमुख प्रशासकीय अनिल तिखत्रीले जानकारी दिए।

फाल्गुनन्द गाउँपालिकाका पुरुष ३८ र महिला १४ गरिर जम्मा ५२ जना मात्रै भएता पनि फिदिम नगरपालिकाका ५१ पुरुष र पाँच महिला तथा चार बालबालिका गरी जम्मा एक सय १२ जनालाई व्यवस्थापन गर्नु परेको हुँदा एक्लो भारमा परेको कार्यालयले जनाएको छ।

हावापानीका हिसाबले यो ठाँउ हरेक समय चिसो हुने भएकोले धेरै जनालाई एकैपटक पर्याप्त न्यानो कपडा व्यवस्थापन गर्न कठिन भएको छ। उनले भने,’यो समयमा खाद्यान्न सामाग्री तथा खाना फकाउने सामान जुटाउन चुनौति पूर्ण छ,संकटको यस घडीमा हाम्रो मात्रै प्रयासले समग्र व्यवस्थापन सम्भव नहुने भएकोले सम्बन्धित पालिकाले आफ्ना नागरिक आफैं जिम्मा लिए क्वारेन्टिनमा बस्नेलाई धेरै सहज हुने थियो।’

बालबच्चाले समेत यस्तो परिस्थिति झेल्नु परेको कठिन अवस्था देखेर नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले दुई सय थान कम्बल सहयोग स्वरुप प्रदान गरे संगै राँके बजारमा उपलब्ध ३५ थान कम्बल गाउँपालिकाले खरिद गरि सकेसम्म क्वारेन्टिनमा बस्नेलाई उचित किसिमले राख्न कोशिश गरिएको उनको भनाइ छ।

यस अघि क्वारेन्टिनमा बसेका लगभग १६ जनालाई राम्रो प्रवन्ध मिलाएर राखिएको थियो र र्‍यापिड जाँचमा नेगेटिभ रिपोर्ट देखिए पछि घर फर्काइएको बताइएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु