ईलाम,१६ बैशाख । ईलामको सूर्योदय नगरपालिकाको विपद व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्योदय नगर कमिटिले दुई लाख एक हजार रुपैया जम्मा गरेको छ ।
कमिटिले कोरोना भाईरस बाट हुन सक्ने जोखिम र नियन्त्रणका लागि नगरपालिकालाई सहज होस् भनेर उक्त रकम आज पार्टीका नगर कमिटि अध्यक्ष सोनाम छिरिङ लामा र कार्यदल सदस्य नेत्र पोख्रेलले नगर प्रमुख रणबहादुर राईलाई चेक हस्तान्तरण गरे ।
जम्मा भएको रकमबाट विपन्न तथा मजदुरहरुलाई लकडाउनको समयमा हुन सक्ने समस्या समाधानका लागि खर्च गरिने नर प्रमुख रणबहादुर राईले बताए ।

नगरलाई समाजसेवी तथा बैदेशिक रोजगारका रहेका नेपालीहरुबाट समेत सहयोग प्राप्त हुने क्रम रहेको राईले बताए । नगरले सहयोग गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैंक स्थित ‘सूर्योदय नगरपालिका ९विपद व्यवस्थापन कोष० को खाता नं २१००३०५००४९४०२ मा नगद जम्मा गर्न सक्ने जनाएको छ ।
हालसम्म नगरको कोषमा २० लाख रुपैया भन्दा बढि सहयोग जम्मा भएको छ ।

