adv

आज गायिका आस्था राउत र नायिका पुजा शर्माको जन्मदिन

झापा । नेपालकी युवा पप तथा रक गायिकाको रुपमा चर्चित आस्था राउत एक सफल गायिकाको रुपमा परिचित छिन्। साथै द भोइस अफ् नेपाल सिजन २ कि कोचकाे समेत भुमिका निर्वाह गरिसकेकिछिन । ‘सालकाे पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स गीत हो। सन् २०१४ मा सार्वजनिक गरिएको उनको एल्बम ‘आधार’ले ठूलो सफलता पाएको थियो । उक्त एल्बमको “चौबन्दीमा पटुकी ,झुम्के बुलाकी,तीन मोहरको धागोले,कदम चाल गीतहरुले दर्शक अनि श्रोताको मन जित्यो । साथै विभिन्न नेपाली चलचित्रका गीतहरुमा पनि आफ्नो आवाज भरिसकेकी छिन ।

पछिल्लो समय सन् २०१९ मा एल्बम “आधार-२ “सार्वजनिक गरिन जसको  “पानि खाने कलधारा कलको ,कोहि छैन घटी बढी यहाँ “गीतहरु चर्चामा छन । सिधा ,प्रष्टबिचार ,सत्य कुरा बोल्न नडराउने र हक्की स्वभावले चिनिने गायिका आस्थाको आज जन्मदिन परेको छ । कति वर्ष पुग्नु भयाे भनेर उमेरको कुरा गर्दा भने “गेटिंग बिगर एण्ड वाइजर ” भन्छिन । अर्थात् उमेर बढ्दैछ,अझ परिपक्व भईन्दैछ “।

कोरोना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे लकडाउनका कारण हाेम क्वारेन्टिनमा रहेकी आस्थाले जन्मदिन भने २०७२ सालको भुइचालो यता नमनाएको बताउछिन । तर उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि आस्थालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

    नायिका पुजा शर्मा 

तेस्तै आज बैशाख १७ गते नायिका पुजा शर्माको पनि २७ औं जन्मदिन परेको छ । उनलाई पनि सामाजिक सञ्जाल फेसबुकमा उनका शुभचिन्तकहरुले जन्मदिनको शुभकामना सन्देश दिईरहेका छन् ।

पुजाले चलचित्र ‘थ्री लर्भस’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । शर्माले चलचित्र ‘थ्री लर्भस’ बाट डेब्यु गरेता पनि उनी अभिनित चलचित्र ‘प्रेम गीत’ ले नै उनलाई एक सफल अभिनेत्रीको रुपमा परिचित गरायो । त्यसपछि पुजा एकपछि अर्को चलचित्रमा छाइरहेकी छन् । उनले ‘म यस्तो गीत गाउँछु’,म एस्तो गित गाउछु, ‘राम कहानी’ ‘पोई पर्यो काले’ ‘सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । साथै उनलाई अहिले महंगो पारिश्रमिक लिने नायिकाको रुपमा पनि चिनिन् थालिएको छ ।

पूजालाई पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु