
मेचीनगर । झापाका सबै स्थानीय तहमा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री पसल बिहान ८ बजेदेखि ११ बजेसम्म खोल्ने निर्णय भएको छ।
जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पूर्ण बैठकले कोरोनाको संक्रमण देखिएको पालिकाको हकमा सम्बन्धित पालिकाको निर्णय अनुसार गर्ने सहमति भएको छ ।
खाद्यान्न तथा निर्माण सामाग्रीहरुको ढुवानी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गर्ने निर्णय बैठकले गरेको छ ।
समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीमा मंगलबार भएको बैठकले दमकमा आइओएमले सञ्चालन गरेको प्रयोगशालालाई कोभिड परीक्षण प्रयोगशाला बनाउन प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

