adv

प्रदेशमा न:१ मा ५ हजार ९ सयको कोरोना परीक्षण

विराटनगर, १७ वैशाख । प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार नौ सय जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन् ।

पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८ सय ८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४ सय ४५ महिला दुई हजार १ सय ४० छन् भने १७ जना घर फर्केका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु