adv

भारतमा कोरोना भाइरसका कारण १ हजार बढीको मृत्यु

काठमाण्डाै ,१७ बैशाख। भारतमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणका कारण यो समाचार तयार सम्ममा एक  हजार आठ जनाको  ज्यान गएकाे छ ।

गएको २४ घण्टामा ७० जनाभन्दा धेरैको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ पुगेको भारतकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै थप एक हजार आठ सय ९७ जना नयाँ बिरामी थपिएर ३१ हजार तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सात हजार ७ सय ४७ जना भने उपचारपछि निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु