adv

इटहरीमा अत्यावश्यक खाद्यन्नका पसल तिन घण्टा खुल्ला

नवीन गुरुङ । इटहरी, १७ बैशाख । इटहरी उपमहानगरपालिकामा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री पसल ७ बजेदेखि १० बजेसम्म खोल्ने निर्णय भएको छ।

स्थानीय प्रशासन, जिल्ला सुरक्षा समितिसँगको अनुरोधमा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो  ।

यसअघि, बैशाख १० र ११ गते नगर खोले पनि अत्याधिक भिडभाड र सामाजिक दुरी कायम नभएपछि प्रशासनले बैशाख १२ गते शुक्रबारबाट औषधी बाहेकका सबै पसलहरु बन्द गर्न पुनः सूचना जारी गरेको थियो ।

कोरोना भाईरसको संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सरकारले गरेको लक डाउनमा नगरवासीको सहजताका लागि स्थानीय सरकार र प्रशासनले निश्चित समय तोकेर अत्यावश्यक खाद्यन्न सामाग्रीका लागि पसल खोल्ने निर्णयप्रति उद्योग वाणीज्य संघ, तरहरा शाखाका कार्यवहाक अध्यक्ष सुर्दशन खड्काले सकारात्मक प्रतिक्रिया दिए  ।

यो संकटको समयमा कालोबजारी नगर्न, आफ्ना पसलमा उपलब्ध सामाग्री र त्यसको रेट (दर) स्पष्ट देखिने गरि राख्न,तथा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरे

यो निर्णयसंगै इटहरीका मुख्य पसलहरुमा यसअघिका भन्दा उच्च सर्तकता अपनाइएको  र एक परिवारबाट एक सदस्य खरिदका लागि जान पाउने, सवारी साधनको प्रयोग गर्न नपाउने र  जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले निरन्तर अनुगमन गर्ने, इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले बताए ।

उपमहानगरपालिकाको बैठकमा वडाध्यक्षहरु, प्रहरी प्रशासन,उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु