adv

विषाक्त मदिरा सेवनका कारण ४ जनाको मृत्यु

काठमाडौं ,१७ बैशाख । महोत्तरीको भंगहा नगरपालिका–७ मा मदिरा सेवनका कारण चार जनाले ज्यान गुमाएका छन् । विषाक्त मदिराका कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । मृत्यु हुनेहरुमा ५५ वर्षीय लालबाबु सिंह, ४० वर्षीय नथुनी महरा, ५५ वर्षीय मोहन चौधरी र ४५ वर्षीय महेन्द्र चौधरी छन् । उनीहरु सबै मजदुरी गरेर जीवन चलाउँदै आएका थिए ।

वडाध्यक्ष बासुदेव सिंहका अनुसार महरा र सिंहको बुधवार विहान मृत्यु भएको छ । मोहनको मंगलबार र महेन्द्रको एकसाता अगाडि मृत्यु भएको थियो । मृतकका परिवारले पोष्टमार्टम गर्न भने अस्वीकार गरेको छ । ‘मृतक चारै जना अत्यधिक मात्रामा मदिरा सेवन गर्थे,’ वडाध्यक्ष सिंहले भने, ‘मृतक महरा मदिरा सेवनगरी मंगलबार साँझसम्म गाउँमा होहल्ला गरेका थिए ।’

सिंहले विषाक्त मदिरा सेवन गरेपछि मृत्यु भएको भनेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली मृतकको घर पुगेको हो । तर, स्थानीयले मृतकको शव पोष्टमार्टमका लागि लैजान नदिएपछि प्रहरी फर्किएको छ ।

स्थानीयले गरेको अवरोधका कारण प्रहरी फर्केपछि मृतक दुबै जनाको दाहसंस्कार गरिएको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले कालगतिले मृत्यु भएको भनेर शव पोष्टमार्टमका लागि अस्पताल ल्याउन नदिएपछि प्रहरी फर्केको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु