adv

इलाममा १० वटा स्थानिय तहका ९ हजार बढि परिवारलाई राहत वितरण

इलाम : इलाममा स्थानिय सरकार मार्फत नौं हजार भन्दा बढि असंगठित मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

 जिल्लाका १० वटा स्थानिय तहका ९ हजार ७ सय ६४ घरधुरीलाई राहत वितरण गरिसकिएको जिल्ला विपद व्यवस्थापन केन्द्रका सुचना अधिकारी सफल पोर्तेलले जानकारी दिए ।

उनका अनुसार सवैभन्दा धेरै इलाम नगरपालिकामा २ हजार ५ सय ३४ घरधुरीलाई राहत वितरण गरिएको छ ।

माई नगरपालिकामा १ हजार ९ सय ४१, चुलाचुली गाउँपालिकामा १ हजार ५ सय ३९, माङसेवुङ गाउँपालिकामा १ हजार १ सय ९५ र फाकफोकथुम गाउँपालिकामा ७ सय ७९ घरधुरीमा राहत वितरण गरिएको हो ।

त्यसैगरी सूर्योदय नगरपालिकामा ५ सय ५४, देउमाई नगरपालिकामा २ सय ६८, माईजोगमाई गाउँपालिकामा ३ सय ९, रोङ गाउँपालिकामा ४७४ घरधुरीलाई राहत दिइएको हो ।

सन्दकपुर गाउँपालिकाले गत चैत्र २० गतेबाट बैशाख १५ गतेसम्म ३ हजार ६ सय भन्दा बढि घरधुरीलाई खाध्य बस्तुमा अनुदान दिएको छ ।
गाउँपालिकाले चामलमा प्रतिकिलो २ रुपैयाँ, चिनिमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिलिटर १० रुपैयाँ, चिउरामा ५ रुपैयाँ र नुनमा प्रतिकिलो ५ रुपैयाँ मुल्य अनुदान दिने निर्णय गरेको थियो ।

बैशाख १६ गतेका दिन १ सय ६ सय ६१ परिवारलाई राहतको कुपन वितरण गरिएको छ । कुपन प्राप्त गर्नेहरुले नजिकैको पसलबाट सरकारले तोकेको मापदण्डको आधारमा राहत लिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु