adv

कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला

कैलाली, १७ बैशाख । कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला परेका छन्। अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन् ।

कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।

`राति ब्यारेकमा खाना खाएर सुतेका थिए । बिहान ३ बजे ड्युटीको लागि उठाउन जाँदा मृत फेला परे,´ प्रहरी प्रवक्ता बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका बोहरा विगत ५ महिनादेखि खिमडीमा खटिएका थिए । अनलाइनखबर

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु