adv

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कमल गाउँपालिकाको खाजा

झापा ,१७ बैशाख । झापाको कमल गाउँपालिकाले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खाजा उपलब्ध गराएको छ ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउनमा झापाको माईपश्चिम क्षेत्रको दक्षिणी सिमानामा तैनाथ सशस्त्र प्रहरीलाई गाउपालिकाले खाध्यन्न सामाग्री अन्तरगत चाउचाउ, आलु, विस्कुट, लगाएतका सामग्री उपलब्ध गराएको कमल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

झापाको माईपश्चिम र रतुवानदि पूर्व र पूर्व पश्चिम लोकमार्ग दक्षिणमा सीमासुरक्षाका लागि २ वटा स्थाई भवनसहित २७ वटा अस्थाई पोष्ट स्थापना गरी १ सय ८१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । उनीहरुले २४ घण्टा सीमासुरक्षामा ड्युटी रहेको डिएसपी सुमन पोख्रेलले जानकारी दिए ।

ड्युटीमा खटिएका सुरक्षा कर्मीलाई पिउने पानी र सवारी साधनको समस्या रहेको डिएसपी पोख्रेलले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु