adv

बिद्यालयहरुको बार्षिक परीक्षाफल रेडियोबाट प्रशारण गर्ने

दमक, १७ बैशाख । झापा दमकको सप्तरङ्गी एफ.एम.ले बिद्यालयहरुको बार्षिक परीक्षाफल रेडियोबाट प्रशारण गर्ने भएको छ ।

बार्षिक परीक्षा सकेर लकडाउनको समयमा परीक्षफल प्रकाशन गर्न नसकेका बिद्यालयहरुको परीक्षाफल रेडियोबाट सार्वजनिक गर्ने व्यवस्था मिलाइएको हो ।

लकडाउनका समयमा पनि विद्यार्थी र बिद्यालयको सम्बन्ध जोड्नको लागी रेडियोले परीक्षाफल प्रसारण गर्न लागेको सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले जानकारी दिए । लकडाउनबाट विद्यार्थीको शैक्षिक विकासमा बाधा पु¥याइरहेको भन्दै उनले परीक्षाफलपछि विद्यालय कक्षालाई पनि रेडियोबाटै सञ्चालन गर्ने विषयमा तयारी भइरहेको उनले जानकारी दिए ।

आगामी वैशाख २१ गते आइतबार दमक ५ स्थित दिपिनी आधारभूत विद्यालयको कक्षा नर्शरीदेखी कक्षा ७ सम्मको परक्षाफल रेडियोबाट प्रसारण गरिने छ । बिहान ११ बजदेखि रेडियोबाट प्रत्यक्ष रुपमा परीक्षाफल प्रसारण गरिने र त्यसपछि पनि दिनभर कसैले रेडियोमा फोन गरेर परीक्षाफल बुझ्न चाहे तत्कालै बताइदिने ब्यवस्था मिलाइएको छ ।

लकडाउनले विद्यालयमा परीक्षाफल प्रकाशन गर्न समस्या भइरहेकोबेला रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक शेशकुमार निरौलाले बताए । रेडियो सबैको पहुँचमा हुने र सर्ब सुलभ माध्यम भएकोले सबैले थाहा पाउने गरी रेडियोबाट प्रशारण गर्न लागिएको उनले बताए । परीक्षाफल प्रसारण कार्यक्रम रेडियोको फ्रिक्वेन्सी साथै फेसबुक पेज र अनलाइनबाट समेत एकैसाथ सुन्न सकिने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु