adv

नेकपा माङसेबुङद्वारा लाख बढीको राहत सामग्री हस्तान्तरण

माङसेबुङ, १८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँपालिका कमिटिले एक लाख पाँच हजार बराबरको राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । आज बिहिबार माङसबेबुङ ३ चतुरेमा गाउँपालिकालाई सो सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगो, उपाध्यक्ष सुनिता सुब्बालाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्दै नेकपा माङसेबुङ अध्यक्ष हेमन्त राई

नेकपा माङसेबुङले एक हजार केजी चामल, १५ काटुन खाने तेल, पाँच सय केजी नुन र एक सय केजी दाल गाउँपालिकालाई उपलब्ध गराएको नेकपा माङसेबुङ अध्यक्ष हेमन्त राईले बताए । अध्यक्ष राईले हरप्रहरसँग कुरा गर्दै भने–यो विपतको समयमा यो पार्टी र त्यो पार्टी भनेर खुट्टा तानातान भन्दा पनि हामि सबै मिलेर कोरोना भाइरसलाइ परास्त गर्न हामी सबैको एउटै मिसन हुनुपर्ने बताए ।

लकडाउन (बन्दाबन्दी) का कारण समस्यामा परेका असंगठित मजदुर, विपन्न, असक्त परिवारलाईका लागि गाउँपालिकाले पहिलो चरणको राहत वितरण गरिसकेको छ ।

राहत सामग्री माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगो, उपाध्यक्ष सुनिता सुब्बा, प्रमुख प्रसासकिय अधिकृत डिल्लीराम सुवेदी साथै वडाअध्यक्षहरुको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु