adv

चैत महिनाको सर्वोत्कृष्ट प्रहरी : सुनिता मगर

झापा,१८ बैशाख –प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश विराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागीय मूल्याङ्कनमा मगर उत्कृष्ट भएकी हुन् ।

विभागीय निर्देशनको पालना गर्दै उच्च मनोवलका साथ मगरले काम गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी जवान आधारभुत तथा उन्नत तालिममा बाह्य प्रशिक्षकको रुपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गर्दै प्रशिक्षार्थी मैत्री वातावरणमा पनि उनले महत्वपूर्ण भूमिका खेलेको ठहर छ ।

प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु