adv

विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, १९ वैशाख । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहीबार बिहान विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको हो।

बिहान ८ बजे वीरेन्द्रनगर–४ स्थित कुमाई चोकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।

सुनार पूर्व-सुर्खेत जिल्ला इञ्चार्ज हुन् भने हाल वैकल्पिक केन्द्रीय सदस्य रहेको उनले जानकारी दिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु