काठमाडौं,१९ बैशाख। नेपालमा थप दुई जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयकाको अफिसियल फेसबुक पेज मार्फत शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। उनीहरूको उमेर २५ र ६० वर्ष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्। उनीहरू दुबैको अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको निगरानीमा छन्।

योसँगै प्रदेश पाँचमा पनि कोरोनाको संक्रमण देखिएको छ। यसअघि प्रदेश पाँच र कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको थिएन।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। त्यसमध्ये १६ जना निको भइसकेका छन्।

