
इलाम,१९ बैशाख । इलामको सूर्योदय नगरपालिकाको कोरोना विरुद्धको विपद व्यवस्थापन कोषमा ३३ लाख रुपैया भन्दा बढि जम्मा भएको छ ।
नगर प्रमुख रणबहादुर राईका अनुसार नगर कार्यपालिकाका पदाधिकारी र नगर सभा सदस्यहरुको एक महिनाको पारिश्रमिक , प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग र अन्य दाताहरुबाट प्राप्त रकम गरी नगरको कोषमा हालसम्म ३३ लाख ६३ हजार ८ सय ५० रुपैया जम्मा भएको हो ।

नगरलाई सहयोग प्राप्त हुने क्रम जारी रहेको र सहयोग गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैंक स्थित ‘सूर्योदय नगरपालिका (विपद व्यवस्थापन कोष) को खाता नं २१०००३०७०२०००२ मा नगद जम्मा गर्न सक्ने नगर प्रमुख राईले बताए ।

