adv

जम्मू–कश्मीरको सीमा क्षेत्रमा भिडन्त, दुई भारतीय सैनिकको निधन

काठमाडौं ।,जम्मू–कश्मीरको सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानका सेनाबिच भिडन्त भएको छ । नियन्त्रण रेखा क्षेत्रमा भएको भिडन्तमा दुई भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्का एक सुरक्षाकर्मी घाइते भएका छन् ।

शुक्रबार जम्मू–कश्मीरको रामपुर क्षेत्र नजिक नियन्त्रण रेखामा पाकिस्तानले सहमति उल्लंघन गरी आक्रमण गर्दा घाइते भएका दुई सुरक्षाकर्मीको शनिबार निधन भएको भारतीय पक्षले उल्लेख गरेको छ ।

बारामुला जिल्लाको रामपुर क्षेत्रमा शुक्रबार अपराहन्न पाकिस्तानी पक्षले आक्रमण सुरु गरेको भारीय सेनाले बनाएको छ ।

यसैबिच जम्मू–कश्मीरको पुल्वामा जिल्लामा शनिबार बिहान सुरक्षाकर्मी र आतंककारीबिच भिडन्त भएको समाचार संस्था एएनआईले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु