adv

रसियामा कोरोना संक्रमितको संख्या १ लाख बढी

काठमाडौं ,२० बैशाख । कोरोना भाइरस संक्रमितको संख्या रसियामा पनि दैनिक वृद्धि भईरहेको जनाएको छ।

शुक्रवार राष्ट्रव्यापी रुपमा ७ हजार ९ सय ३३ नयाँ संक्रमित प्रमाणित भएसँगै कुल संक्रमित संख्या १ लाख १४ हजार ४ सय ३१ पुगेको रसियाको कोरोनाभाइरस संकट केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन्। योसँगै रसियामा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या १ हजार १ सय ६९ पुगेको छ।

यसैगरी रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्टिन पछि मन्त्रीपरिषद्का निर्माण मन्त्री भ्लादिमीर याकुशेभलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ। उनका एक प्रतिनिधि  भोल्कोभलाई समेत कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ।

सुरुमा अन्य देशको तुलनामा थोरैको संख्यामा त्यहाँ कोरोना संक्रमित देखिएका थिए। तर, गत महिनाबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्न सुरू भयो। यसरी बढेको संख्या बिहीबार १ लाख नाघेको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु