adv

लकडाउनको अवस्थामा हुन लागेको दुई जोडीको बालविवाह रोकियो

हेटौंडा ,२० बैशाख । हेटौंडा उपमहानगरपालिमा लकडाउनको अवस्थामा हुन लागेको दुई जोडीको बालविवाह रोकिएको छ ।  सिविन हेल्पलाइन हेटौंडाको सक्रियतामा स्थानीय जनप्रतिनिधि, र प्रहरीहरुको उपस्थितिमा बिहीबार हुन लागेको बालविवाह रोकिएको हो ।

हेटौंडा उपमहानगरपालिका—१४ की १५ वर्षीया बालिका र हेटौंडा उपमहानगरपालिका— १३ का १९ वर्षीय किशोरबीच हुन लागेको बालविवाह रोकेको हो ।

सिविन हेल्पलाइनलाई बालविवाह हुन लागेको जानकारी स्थानीय किशोरी समूहले दिएका थिए ।उनीहरुले दिएको जानकारीअनुसार विवाह हुन लागेको बालिका र बालकको घरमा नै पुगेर वडाध्यक्ष दीपक खडका, स्थानीय प्रहरी प्रमुख र सिविन हेल्पलाइन मकवानपृुरका प्रमुख झविन्द्र ज्ञवाली गएर दुवैका अभिभावकहरुलाई सम्झाइबुझाइ गरेर बालविवाह रोकेका थिए । बिहीबार बेलुका विवाह गर्ने तयारीमा उनीहरु जुटेका थिए । ‘सम्झाइबुझाइ गरेपछि वालविवाह रोके,’ वडाध्यक्ष दीपक खडकाले भने ।

यसैगरी मकवानपुरगढी गाउँपालिका—७ की १४ वर्षीया किशोरी र सोही गाउँपालिका–२ का १७ वर्षीय किशोरबीच बिहीबार बालविवाह हुन लागेको थियो । त्यो पनि रोकिएको छ । वडाध्यक्ष बखानसिहं पाख्रिन र स्थानीय प्रहरी प्रमुुखमा र सिविन हेल्पलाइनका प्रतिनिधिहरुको सक्रियतामा उक्त बालविवाह रोकिएको हो ।

दुवै पक्षका अभिभावकहरुलाई सम्झाइबुझाइ गरेर बालविवाह रोकेको सिविन हेल्पलाइनका प्रमुख ज्ञवालीले भने । स्थानीय किशोरीहरुले गाउँमा बालविवाह हुन लागेको खवर सिविन हेल्पलाइनमा फोन गरेर जानकारी दिएका थिए ।

सिविन हेल्पलाइन मकवानपुरको सक्रियतामा ५ महिनाको बीचमा २६ वटा वालविवाह रोकिएको छ । मकवानपुरको जनजाति र आदिवासी समुदायमा बालविवाह प्रथा अझै कायम छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु