काठमाडौं, २१ बैशाख । कोरोना भाइरसका कारण भारतमा पस एक हजार तीन सय २३ जनाको मृत्यु भइसकेको छ । भारतमा मात्र पछिल्लो २४ घण्टा भित्र १ सय जनाको मृत्यु भएको वाल्डोमिटरमा उल्लेख गरिएको छ । भारतमा कोरोना सङ्क्रमित संख्या ३९ हजार छ सय ९९ जना पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा दुई लाख ४४ हजार सात सय ८० जनाको मृत्यु भइसकेको छ । विश्वमा महामारीको रुपमा फैलिएको भाइरसका कारण हालसम्म ३८ लाख ८४ हजार चार सय ८३ जना सङ्क्रमित भैसकेका छन् ।



