adv

कोरोनाका कारण भारतीय लोकपालका न्यायिक सदस्य त्रिपाठीको मृत्यु

काठमाडौं, २१ बैशाख । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमका कारण भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई अप्रिल दुई तारिखका दिन दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा  त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने ९ बजेतिर उनको निधन भयो । उनकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उपचारपछि उनीहरु निको भएका छन् ।

उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन् । सन् २०१९ को मार्च महिनामा उनलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।

समाचार तयार पर्दासम्म भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु