adv

निको भएर घर फर्किएका कोरोना सङ्क्रमित २ जनालाई फेरि आइसोलेसनमा ल्याइयो

काठमाडौं, २१ बैशाख । कोरोना भाइरसको संक्रमणपछि निको भएर घर गएका  दुई जना पुनः अस्पताल भर्ना भएका छन् ।

एक साताअगाडि निको भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुन: नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ ।

त्यस्तै रौतहटका युवकसँगै वीरगञ्जमा रहेका एक भारतीय जमाती पनि नारायणस् अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि दुवै पुनः अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पताल आएका दुवैलाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । साथै थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गर्न पठाइने अस्पतालले जनाएको छ । दुवैलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु