adv

नेपालमा एकैदिन १६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७५ पुग्यो

काठमाडौँ, २१ बैशाख । नेपालमा काेराेना भाइरस संक्रमित  आइतबार दिउँसाे मात्रै ९ जनामा पाेजेटिभ पुष्टि भएकाे थियाे । नेपालगञ्‍जमा थप ६ जनामा संक्रमण भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।

नेपालगञ्‍जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्‍ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण देखिएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो।

मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. विनोद कुमार गिरीले पनि थप संक्रमित देखिएको पुष्टि गरे । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको पनि डा. गिरीले बताए ।कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु