काठमाण्डौ – कुवेतमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ जना पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

कुवेतमा हुने नेपालीमा कसैलाई पनि कोरोना सङ्क्रमणको संका लागेमा रोजगारदातालाई खबर गर्न र सुरक्षा सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । र आफ्नो आवास छाडेर कतै पनि नजान पनि दूतावासले आग्रह गरेको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि निको हुनेको सङ्ख्या पनि बढिरहेकाले यसबाट नआत्तिन र उच्च मनोवलकासाथ रहन पनि दूतावासले कुवेतमा कार्यरत सबै नेपालीलाई आग्रह गरेको छ ।

