काठमाडौं ,२३ बैशाख । हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित भई निको हुनेको संख्या १२ लाख ३ हजार ८५० पुगेको छ। यसबाट मृत्यु हुने पनि २ लाख ५२ हजार ६७५ पुगेका छन्।
यो समाचार तयार पार्दासम्म विश्वभर हालसम्म कोरोना भाइरसबाट ३६ लाख ६० हजार ५५ जना संक्रमित बनेका छन् ।
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १२ लाख १२ हजार ९५५ पुगेको छ। यसबाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा ६९ हजार ९२५ पुगेको छ।

इटालीमा यसबाट ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ। त्यहाँ संक्रमितको संख्या दुई लाख ११ हजार ९३८ रहेको छ।
यस्तै स्पेनमा मृत्यु हुने २५ हजार ४२८ र संक्रमितको संख्या दुई लाख ४८ हजार ३०१ पुगेको छ।
फ्रान्समा संक्रमित एक लाख ६९ हजार ४६२ जना तथा मृत्यु हुने २५ हजार २०१ रहेका छन्।
बेलायतमा संक्रमित एक लाख ९० हजार ५८४ रहेका छन् भने मृत्यु हुनेको संख्या २८ हजार ७३४ रहेको छ।
भारतमा पनि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। अहिलेसम्म भारतमा कोभिड–१९ बाट १ हजार ५ सय ७१ जनाको ज्यान गइसकेको छ। यस्तै संक्रमितको संख्या पनि ४६ हजार ४ सय ७६ पुगेको छ।

