adv

मोरङबाट एक करोड ९ लाख भारतीय रुपैयाँ बरामद

काठमाडौँ, २३ बैशाख । मोरङको रानीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक चेकजाँच गर्ने क्रममा सो रकम बरामद भएको हो । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छन् ।

लकडाउनको बेला सीमा नाका सिल भएपनि अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको थियो ।

प्रहरीले ट्रकका चालक र सह-चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।बरामद रकम तस्करले आफ्‍नो धन्दा चलाउन उक्त रकम भित्र्याएको हुन सक्‍ने प्रहरीले अधिकारीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु