adv

कोरोनाबाट विश्वभर हालसम्म २ लाख ५८ हजार बढीको मृत्यु

काठमाडौँ, २४  वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म  २ लाख ५८ हजार ३ सय ३८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।संक्रमित ३७ लाख २७ हजार ८ सय २ मध्ये १२ लाख  ४२ हजार ३ सय ४७ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा १२ लाख ३७ हजार ६ सय ३३ जना कोरोना संक्रमित हुँदा ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ५० हजार ५ सय ६१ जना संक्रमित हुँदा २५ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार १३ पुग्दा मृतकको संख्या २९ हजार ३ सय १५ पुगेको छ ।

फ्रान्समा १ लाख ७० हजार ५ सय ५१ जना संक्रमित छन् भने २५ हजार ५ सय ३१ जनाकोे मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ६७ हजार  ७ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ९ सय ९३  पुगेको छ ।

बेलायतमा १ लाख ९४ हजार ९ सय ९०  जना संक्रमित हुदा २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ ।

भारतमा ४९ हजार ४  सय जना संक्रमित हुंदा १ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । (एजेन्सी)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु