adv

कोरोनाबाट बिराटनगरमा उपचाररत ६ संक्रमित निको भए,बुधबार डिस्चार्ज हुदैं

बिराटनगर,२३ बैशाख । बिराटनगरको कोरोना भाइरस बिशेष अस्पतालमा उपचाररत ६ कोरोना संक्रमित निको भएका छन् । उदयपुरमा संक्रमित देखिएका २८ जनामध्ये ६ जना निको भएका हुन्। उनीहरूलाई भोलि बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

 मंगलरबार प्रदेश एक सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सामाजिक मन्त्री जीवन घिमिरेले हाल केन्द्रमा उपचाररत ३१ जनामध्ये ६ जना भारतीय जमाती डिस्चार्ज हुने जानकारी दिए।

डिस्चार्ज हुनेमा ३४ वर्षीय मोहम्मद अजिरवान, ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २६ वर्षीय मोहम्वद राशिद र २१ वर्षीय मोहम्मद अहमद साहेव रहेका छन् ।

डिस्चार्ज हुने ६ जनालाई प्रदेश सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमा राखिने छ।

यो संगै कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु