adv

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, २४ बैशाख । नेपालमा जारी रहेको लकडाउनलाई सरकारले जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण भएकोले त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको तत्काल लकडाउन खुकुलो बनाउन नहुने बताएका थिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगिसकेकोछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु