काठमाडौं, २४ बैशाख । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।
यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।

बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

