काठमाडौं, २४ बैशाख । नेपालमा बुधबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उमेरको हकमा उनीहरुमध्ये एक जना दुई महिने शिशु देखि ६६ बर्षीय सम्म रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

पछिल्लो तीन दिनमा ४० जना कोरोना सङ्क्रमित थपिएको हो । बुधबारसम्म २२ जना निको भइसकेको छ ।

