काठमाडौँ, २५ वैशाख । कोरोना भाइरसका कारण विश्वमा यो समाचार तयार पार्दा सम्म मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ९४ पुगेको छ भने सक्रमितको संख्या ३८ लाख २० हजार ७ सय ३ पुगेको छ ।
अमेरिकामा १२ लाख ६३ हजार १ सय ९७ जना कोरोना संक्रमित हुँदा ७४ हजार ८ सय ७ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ५३ हजार ६ सय ८२ जना संक्रमित हुँदा २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ ।
![]()

त्यसैगरी इटालीमा संक्रमितको संख्या २ लाख १४ हजार ४ सय ५७ पुग्दा मृतकको संख्या २९ हजार ६ सय ८४ पुगेको छ ।
फ्रान्समा १ लाख ७४ हजार १ सय ९१ जना संक्रमित छन् भने २५ हजार ८ सय ९ जनाकोे मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ६८ हजार १सय ६२ जना संक्रमित भएका छन् । मृतकको संख्या ७ हजार २ सय ७५ पुगेको छ ।
बेलायतमा २ लाख १ हजार १ सय १ जना संक्रमित हुदा ३० हजार ७६ जनाको मृत्यु भएको छ ।
भारतमा ५३ हजार २५ जना संक्रमित हुंदा १ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ । (एजेन्सी)

