adv

पशुपतिनगर क्वारेन्टिनका ३६ जनामा कोरोना भेटिएन

पशुपतीनगर,२५ बैशाख । इलामको नेपाल भारत सिमाको बजार पशुपतीनगरमा रहेको क्वारेन्टिनमा  रहेका ३६ जनाको र्‍यापिड टेस्ट नेगेटिभ आएको  छ ।

सूर्योदय नगरपालिकाले क्वारेन्टिनमा रहेका  सूर्योदय नगरबासी तथा जिल्लका अन्य स्थानिय तह र अन्तर जिल्लाका ३३ जनालाई परिक्षणपछि नियम अनुसार होम क्वारेन्टिनका लागि घर पठाइएको छ । सूर्योदय नगरपालिका–२ पशुपतीनगरमा २ स्थानमा रहेका क्वारेन्टिनमा  जम्मा  ५८ जनालाई राखिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र पशुपतीनगरमा २४ महिला र २ जना पुरुष गरी २६ जनालाई राखिएको छ । त्यसैगरी सार्वजनिक आधारभुत विद्यालयमा २९ जना पुरुषलाई क्वारेन्टिनमा राखिएको छ ।

सिमा क्षेत्र भएकाले पशुपतीनगरमा उच्च सतर्कता अपनाइएको छ । चेकजाँच स्थलमा नगर प्रमुख रणबहादुर राई, वडा नं १३ का अध्यक्ष नरबहादुर सुवेदी, नगर प्रमुखका स्वकिय सचिव दिपेश राई लगातयको उपस्थिती रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु