adv

साउदीमा काम गरेको तलब नपाए उजुरी गर्न दुताबासको अनुरोध

काठमाण्डौ, २६ बैशाख । साउदीमा कम्पनीले काम लगाउने तर कामअनुसार पारिश्रमिक नदिएमा प्रमाण सहित उजुरी गर्न त्यहाँ रहेको नेपाली दूतवासले अनुरोध गरेको छ ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित कम्पनीले श्रमिकको तलब ४० प्रतिशतसम्म कटौती गर्न पाउने नियम ल्याए पनि कामदारको पारिश्रमिक कटौती गर्दा कार्यघण्टासँग मिल्नुपर्ने भएकाले नमिलेमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यसरी श्रमिकले प्रमाणसहित पारिश्रमिक नपाएको गुनासो दूतावासमा टिपाएमा आवश्यक कारबाहीका लागि दूतावासले सम्बन्धित निकायमा पठाउनेछ । तर मन्त्रालयका अनुसार श्रमिकको सहमति बिना कुनै पनि रोजगारदाताले पारिश्रमिक काट्न भने पाउने छैनन् ।

कोरोनाका कारण प्रभावित नभएका कम्पनीले यो नयाँ कानुन अनुसार श्रमिकको तलब काट्न पाउने छैनन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु