adv

कोरोनाबाट विश्वभर २ लाख ७० हजार ७ सय बढीको मृत्यु

काठमाडौं, २६ वैशाख । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ

यो समाचार तयार पार्दा सम्म हालसम्म  २ लाख ७० हजार ७ सय २० जनाको मृत्यु भएको छ । ३९ लाख १७ हजार ६ सय २७ जना संक्रमित मध्ये १३ लाख ४४ हजार १  सय ६४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ जना पुगेको छ  ।

बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार ७ सय १५ रहेको छ भने ३० हजार  ६सय  १५  जनाको मृत्यु भएको  छ ।

इटालीमा २ लाख १५ हजार ८ सय ५८  जना संक्रमितमध्ये २९ हजार ९ सय ५८ जनाकोे मृत्यु भएको छ ।

स्पेनमा २ लाख ५६ हजार ८ सय ५५ जना कोेरोना संक्रमित मध्ये २६ हजार ७० जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७७ हजार ७ सय ९१ जना पुगेको छ । जसमध्ये २५ हजार ९ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा १ लाख ६९ हजार ४ सय ३० संक्रमितमध्ये ७ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ ।

भारतमा ५६ हजार ३ सय ८३ जना  संक्रमित हुँदा  एक हजार ८ सय ८९ को मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु