adv

बिराटनगरमा उपचारारत रहेका थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भए

विराटनगर ,२६ बैशाख । बिराटनगरको  कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारारत रहेका थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज विहान डिस्चार्ज गरिएको हो।

डिस्चार्ज भएका ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुने। कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ।

यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु